काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका ३ श्रेणीका २२ खेलाडीलाइ सन् २०१९ को तलब दिएको छ । नियमित पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढाएर क्यानले तलब दिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले खेलाडीका लागि तलब पठाएपछि क्यानले तलब वितरण गरेको हो। जसअनुसार, ए श्रेणीमा रहेका खेलाडीलाई ४५ हजार, बी श्रेणीका खेलाडीलाई ३५ र सी श्रेणीका खेलाडीलाई २५ हजार रुपैयाँ दिएको छ ।
ए श्रेणीमा : ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करन केसी,सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी
बी श्रेणीमा : अविनाश बोहोरा, आरिफ शेख, वसन्त रेग्मी, ललित नाराएण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा, सुसान भारी,
र सी श्रेणीमा : इसान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरि, राजु रिजाल, रसिद खान रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।