काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पार्दै लैजाने तयारी भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकले निषेधाज्ञा खुकुलो गर्नुपर्ने प्रस्ताव अघि सारेको हो ।
यद्यपी कुन कुन क्षेत्र र कसरी निषेधाज्ञा लागु हुनेछ भनेर भोलि मात्रै निर्णय हुने भएको छ । भदौ ४ मा जारी निषेधाज्ञा अब भने खुकुलो गर्दै लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारीहले बताएका छन् । यद्यपी स्वास्थ्यविद्हरुले भने कोरोनाको संक्रमण नियन्त्रण बाहिर जाने भन्दै निषेधाज्ञाजारी राख्न सुझाव दिएका छन् ।
तर, श्रमिकवर्गहरुलाई निषेधाज्ञाले निकै नै संकट पारेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले श्रमजिवी भोकै बस्नुपर्ने अवस्था आउन थालेको विश्लेषणसहित स्थानीय प्रशासनले थप खुकुलो बनाएर त्यसबारे बुधवार निर्णय गर्ने भएको बताएका छन् ।
यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र पसलको क्याटागोरी छुट्याएर बार तोकेर खुलाउने र होटल रेष्टुरेण्टमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने गरी खुकुलो गर्ने तयारी भइरहेको प्रजिअले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।