काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा भोली राति सकिँदैछ। निषेधाज्ञा गरिएपछि संक्रमणको दर घटेको छैन।
मजदुर तथा निम्न बर्गका लागि निषेधाज्ञा कहर बनेको छ। उनीहरु भोक भोकै बस्नुपर्ने स्थिती छ। यस्तो अवस्थामा निषेधाज्ञा खुल्छ की खुल्दैन आम चासो यसमै छ।
तर, उपत्यकाका तीन जिल्लाका सिडिओ भने छलफल भइहेको बताएका छन्। काठमाडौंका सिडिओ जनकराज दाहाल निषेधाज्ञा लम्बाउने की अन्त्य गर्ने भन्ने विषयमा सरोकारवाला, विज्ञ, पालिकाहरूसँग निरन्तर छलफल गरिरहेको बताउँछन्। उनले यस विषयमा भोलि निर्णय हुने बताए।
ललितपुरमा सिडिओ नारायणप्रसाद भट्टले अब के हुन्छ भनेर अहिले नै भन्न नसकिने बताएका छन्। भक्तपुरकी सिडिओ हुमकला पाण्डेले कसरी अगाडि बढ्ने, कस्तो मोडालिटी बनाउने भन्ने विषयमा भोलि दिउँसो छलफल गर्ने बताइन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।