आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीडीओले काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

सीडीओले काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 6.2K
    SHARES

  • सीडीओले काठमाडौँ उपत्यकामा दसैँसम्म निषेधाज्ञा गर्ने भनेपछि सांसदहरुले दिए यस्तो जबाफ !
    फाइल तस्वीर

    काठमाडौं- काठमडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तिनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुखजिल्ला अधिकारीहरु (सीडीओ) ले दशैँसम्म नै निषेधाज्ञा जारी गर्न प्रस्तवा गरेका थिए ।

    उनीहरुको प्रस्तावमाथि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिको आइतवारको बैठकमा सांसदहरूले जबाफ दिएका छन् ।

    सांसदहरुले निषेधाज्ञालाई बढाउँदै जाने कुराले सामाजिक जनजीवनलाई असर पर्ने भन्दै अर्काे बाटोबाट अघि बढ्नुपर्ने बताएका छन् ।

    निषेधाज्ञाको अवधि बढाउनु भन्दा कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचारका लागि कन्ट्याक्ट ट्रेसिङलाई व्यापक गर्ने, पीसीआर परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्न व्यवस्था गर्ने, अस्पतालहरूमा आईसीयू र भेन्टिलेटरको व्यवास्थामा बढी ध्यानदिनु पर्ने जोड सांसदहरुको छ ।

    उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ सहभागी बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले कोभिड– १९ रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सीडीओ र मेयरहरूलाई सुझाव दिएका हुन् ।

    त्यस्तै क्वारेन्टीनमा रहेका व्यक्तिको लागि खानाका लागि  तोकेको १७५ रुपैयाँ बढाउन समेत बैठकमा सांसदहरुले आग्रह गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:४५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend