बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले बैतडीमा भखौ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।
जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विज्ञप्ती जारी गर्दै बताएका छन् ।
निषेधाज्ञा खुकुलो भए पनि पूर्ण रुपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु।’ अनिवार्य रुपमा मास्क, सेनिटाईजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ।
यस्तै, सवारीसाधनको हकमा जोर बिजोर प्रणाली अन्तरगत संचालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन् ।
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजीम निषेधाज्ञा जारी गरिएको हो। कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला,बैठक, सेमीनारमा भने यसअघि नै निर्णय अनुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ। यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोश्रो चरणको निषेधाज्ञा जारी गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।