आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सार्वजनिक यातायात भोलिदेखि नै चल्ने, सरकारले गर्यो यस्तो निर्णय

सार्वजनिक यातायात भोलिदेखि नै चल्ने, सरकारले गर्यो यस्तो निर्णय

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 8.1K
    SHARES

  • सार्वजनिक यातायात भोलिदेखि नै चल्ने, सरकारले गर्यो यस्तो निर्णय

    तनहुँ-  एक स्थानीय सरकारले भाेलिदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएकाे छ । तनहुँकाे व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ। नगरपालिकाले भोलि आइतबारदेखि नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो।

    क्षमताअनुसार मात्र यात्रुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिई बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

    गृहमन्त्रालय र छिमेकी पालिकाले तोकेका विषयमा सोहीबमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको हो

    नगरपालिकाले कोभिड(१९ को जोखिम समुदायस्तरसम्म नपुगोस् भनी सर्वपक्षीय सहमतिमा पहिलोपटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो।

    भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो।

    सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ७ २०८०१०:१४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend