ललितपुर- उपत्यकाको ललितपूरमा अब ६ दिनसम्म ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । जिल्ला प्रशासन कार्याल ललितपूरले सूचना जारी गर्दै महानगरभित्र आगामी ६ दिनसम्म ५ जना भेला हुन नपाउने गरी सूचना जारी गरेको हो।
शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी रहेकोमा प्रशासनले सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा जम्मा हुन नपाइने गरी सूचना जारी गरेको हो।
यसैगरी मीननाथको रथ रहेको आसपास क्षेत्र(पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म पनि भेला नहुने भनेको छ। प्रशासनको निर्णयसँगै त्यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
नाकाहरुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ। अहिले त्यस क्षेत्रका सडक पनि सुनसान देखिएका छन्। स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३ क) अनुसार जारी गरिएको आदेश उलंघन गरेमा कानून अनुसार कारवाही हुने प्रशासनले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।