काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ।
प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो। सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार एक सूचना प्रकाशित गरी तोकिएका सेवाबाहेक सञ्चालन नगर्न आग्रह गरेका छन्।
सूचनामा अत्यावश्यकीय वस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ। ती पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो।
जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। त्यसलगत्तै पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो।
पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिए
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।