आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल

सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 5.2K
    SHARES

  • सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल

    काठमाडौं- शिव सेना नेपालले रातो मच्छिन्द्रनाथको रथ जात्रामा सरकारको गैरजिम्मेवारीपूर्ण व्यवस्थापनका कारण झडपको भएको जनाएको छ ।

    कोरोना महामारीको यस विषम परिस्थितिमा पनि व्यवस्थापन पक्ष फितलो हुँदा झडप भएको शिव सेना नेपालले जनाएको हो ।

    हिन्दूराष्ट्र तथा राजसंस्था पक्षधर शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले भने, ‘मच्छिन्द्रनाथको जात्रालाई यो देशको सरकारले जनता मुर्ख बनाउने संसद जस्तै सम्झिए । जसलाई जति बेला मन लाग्छ संसद आह्वान गर्छन्, मुड चलेको बेला बन्द गरिदिन्छन् । त्यस्तो संसद जस्तो होइन, मच्छिन्द्रनाथको जात्रा । यो मौलिकता नबुझ्नेहरुका कारण आज पुल्चोकमा झडप भएको हो ।’

    कोरोना महामारीलाई कारण देखाएर जात्रा रोक्ने भन्दा पनि सजग भएर जात्रा सुचारु गर्ने, परम्परा धान्ने दर्जनौं उपायहरु हुँदा हुँदै पनि सरकारले झडप निम्त्याउने कार्य गरेको भन्दै बस्नेतले सरकारी रवैयाको भर्त्सना गरे ।

    उनले भने, ‘यो व्यवस्था र यी पात्रहरुबाट देश नचल्ने मात्रै होइन, हामी नेपाली जातीको मौलिकता पनि समाप्त हुँदैछ । सबैभन्दा ठूलो चिन्ता चाहिँ यो हो ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:२२:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend