आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

रातो मच्छिन्द्रनाथ तान्ने युवालाई प्रहरीद्वारा अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

रातो मच्छिन्द्रनाथ तान्ने युवालाई प्रहरीद्वारा अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 5.1K
    SHARES

  • रातो मच्छिन्द्रनाथ तान्ने युवालाई प्रहरीद्वारा अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

    काठमाडौं - निषेधाज्ञा तोड्दै ललितपुरका स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेर सडकमा ल्याएका छन् ।

    कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । बिहीबार बिहान १० बजेपछि जम्मा भएका युवाको भिडले रथ तानेर बीच सडकमा ल्याएको थियो ।

    त्यसपछि हजारौं मानिस रथयात्रामा सामेल भएका थिए । यो खबर फैलिएलगत्तै प्रहरीले थप सुरक्षा फौज बोलाएर अहिले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।

    सुरक्षाकर्मी र स्थानीयबीच पुल्चोकमा केही बेर ढुंगा हानाहान भएको थियो । प्रहरीलाई ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले पनि पानीको फोहोरा प्रहार गरेर भिड तितरवितर पारेको थियो । त्यसपछि अहिले स्थिति तनावग्रस्त बनेको छ । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१२:३९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend