काठमाडौं- उपत्यकाका नगरपालिका फोरमले काठमाडौंमा आजबाट खुकुलो नभइ कडा लकडाउन आवश्यक रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । काठमाडौं उपत्यकामा आजबाट स्वरुप परिवर्तन गरी लकडाउन खुकुलो बनाएकोप्रति उपत्यकाका नगरपालिका फोरमले आपत्ति जनाएको हो ।
उपत्यका नगर फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबहादुर महर्जन र फोरमका सचिव तथा मध्यपुर थिमीका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विज्ञप्ती जारी गरी स्वरुप फेरेर निषेधाज्ञा गरेकोप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।
‘काठमाडौं उपत्यकामा कोभिड-१९ को संक्रमण तथा मृत्युदर समेत तीव्र रुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम काठमाडौंको ठहर रहेको छ,’ जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यस्ताे छ विज्ञप्ती:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।