काठमाडौं - सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ ।
गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार ९आज० पनि घटेको छ । हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो ।
यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।