काठमाडौँ- भाटभटेनी सुपरमार्केटले खसीको मासु बजार मूल्यभन्दा झण्डै साढे चार सय रुपियाँ सस्तो दिएको छ ।
काठमाडौं उपत्यकामा खसीको मासु प्रतिकिलो १३ सय रुपियाँसम्म छ । तर, भाटभटेनीले स्वस्थ्य खसीको मासु ८५० रुपियाँमा बिक्री गरिरहेको बजार व्यवस्थापक पानु पौडेलले जानकारी दिएका छन् ।
भाटभटेनीले काठमाडौंका १३ वटा शाखाबाट खसीको मासु साढे ८ सय रुपियाँमा बिक्री गरेको जनाएको छ । भाटभटेनीका काठमाडौंमा रहेका जुनसुकै शाखाबाट बिहान ११ देखि बेलुकी ५ बजेसम्म मासु किन्न पाइने व्यवस्था गरिएको पौडेलले बताएका छन् ।
भाटभटेनीले सबै शाखामा ‘टेक अवे’को व्यवस्था गरेको समेत उल्लेख गरेको छ । भाटभटेनीले होमडेलिभरीको सेवा पनि दिएको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।