मोरङ- जिल्लाको उर्लाबारी ९ भोटेपुलमा नचिनिने किसिमको घास खुवाएपछि ५ खसीबाख्रा मरेका छन् । खसीबाख्राले खाएकाे झार बिसालु निश्किएपछि स्थानीय टेकबहादुर कटुवालको ५ वटा खसि मरेका हुन् ।
क्षतीपछि उर्लाबारी नगरपालिकाका पशु शाखाका बिष्णु प्रसाद भट्टराई र कृषि शाखाका प्रमुख अम्बिका लुइटेल घटनास्थलमा पुगेरै क्षतीपूर्तीको प्रतिवद्धता गरेका छन् ।
लकडाउनका कारण आर्थिक समस्याले तनाब झेलिरहेका कटुवालमाथि झन पिडा थपिएको छ ।यद्यपी स्थानीयले उनलाई सहयोग गर्ने भन्दै चिन्ता नलिन आग्रह गरेका छन् ।
बिसालु झार
उल्टो काँडा हुने एक किसिमको बिसालु झार पशुलाई खुवायो भने पशुचौपायाको मृत्यु हुने गर्छ । गाउँघर तिर बिषालु झारको नामले चिनिने यो झार हेर्दा लज्जावती झार जस्तै हुन्छ तर यसको झयाङ अलि ठुलो हुन्छ ।
पूर्वमा यसको बिकाश दमकको हिमालय चिया बगानबाट भएको मानिन्छ । केहि समय अघि स्थानीयका गाई बस्तुले बगानमा दुःख दिनथालेपछि यसको प्रतिरक्षाकालागि यो झार दमकमा ल्याएर लगाएको भन्ने सुनिएको छ । विशेष गरेर यो रतुवा र मावा खोला किनारमा बढि पाउने गरिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।