आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमणमा भारतले अमेरिकालाई पछि पार्यो, २४ घण्टामा मृत्यु र संक्रमण दुई गुणा बढी 

कोरोना संक्रमणमा भारतले अमेरिकालाई पछि पार्यो, २४ घण्टामा मृत्यु र संक्रमण दुई गुणा बढी 

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 4.1K
    SHARES

  • कोरोना संक्रमणमा भारतले अमेरिकालाई पछि पार्यो, २४ घण्टामा मृत्यु र संक्रमण दुई गुणा बढी 

    काठमाडौं–कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदरमा विश्वका सबै देशलाई भारतले उछिन्न थालेको छ। पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाईसमेत भारतले उछिनेको छ।

    कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा ब्राजिलमा ६ सय १९ र अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

    भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ। त्यहाँ संक्रमितको संख्या ३६ लाख ८७ हजार नौ सय ३९ पुगेको छ।


     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend