सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्री ओलीले दिनदहाडै ढाँटेपछि...

प्रधानमन्त्री ओलीले दिनदहाडै ढाँटेपछि...

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 23.5K
    SHARES

  • प्रधानमन्त्री ओलीले दिनदहाडै ढाँटेपछि...

    काठमाडौं-  प्रधानमन्त्री केपी ओलीले शनिबार प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा धेरै झुट बोलेको फेला परेको छ ।

    अन्तर्वार्तामा प्रधानमन्त्रीले देश र जनतालाई के के ढाँटे भन्ने विषयको खोजी हुन थालेको छ । उनले चार–पाँचवटा तथ्यहीन र भ्रामक कुरा बोलेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्चा हुन थालेको छ ।

    प्रधानमन्त्रीले अन्तर्वार्तामा बेसारले क्यान्सर निको गर्ने बताए । त्यस्तै, उनले देशमा एक दिनमा २३ हजारसम्म परीक्षण गरिएको दाबी पनि गरे । जबकि नेपालमा अहिलेसम्म तीन दिन मात्र १३ हजारभन्दा बढी पिसिआर परीक्षण भएको छ ।

    हुँदै नभएको दैनिक २३–२४ हजार परीक्षण भएको भनेर उनले कसलाई ढाँट्न खोजेका हुन् ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्रीले अन्तर्वार्तामा मरेकाहरुको संख्या सबै कोरोनाको कारणले होइन, अरु कारणले मरेको हो भन्ने दावी गरे। त्यसो भए कति संख्या चाहिँ कोरोनाकै कारण मरेको हो त ? य

    स्तै, उनले आफ्नो पालामा सडक निर्माण धेरै भएको र कालोपत्रेसमेत बढी भएको भनेर सफेद झुट बोलेका छन् । प्रधानमन्त्रीले पहिले वर्षमा १० किलोमिटर सडक बन्थ्यो भन्दै विगत दुई वर्षमा ३६ सय किलोमिटर सडक बनेको तथ्यांक दिए।

    दिनको ६ किलोमिटरको दरले डबल लेन, फोर लेन, सिक्स लेनका बाटो बनेको बताए। तर आर्थिक सर्वेक्षणमा यस्तो कुनै तथ्यांक छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend