आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमणमा अमेरिकालाई पछि पार्दै भारत, एक महिनामा थपिए २० लाख संक्रमित 

कोरोना संक्रमणमा अमेरिकालाई पछि पार्दै भारत, एक महिनामा थपिए २० लाख संक्रमित 

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 4.2K
    SHARES

  • कोरोना संक्रमणमा अमेरिकालाई पछि पार्दै भारत, एक महिनामा थपिए २० लाख संक्रमित 

    काठमाडौं–भारतमा कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।

    आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा थपिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।

    यसअघि अमेरिकामा जुलाई २४ मा ७८ हजार ५ सय ८६ जना संक्रमित थपिएका थिए । उक्त रेकर्ड तोड्दै भारतमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् । भारतमा पछिल्लो एक महिना यता विश्वमै सबैभन्दा बढि कोरोना संक्रमित थपिएका छन् ।

    जुलाई ३० देखि अक्टोबर ३० सम्ममा भारतमा १९ लाख ७९ हजार ८ सय १९ जना संक्रमित थपिएका छन् । ताकी यहि अबधीमा अमेरिकामा १५ लाख ३२ हजार ३२ र ब्राजिलमा १२ लाख ४८ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् ।

    भारतमा एक महिना अघि अर्थात जुलाई ३० सम्ममा १६ लाख ३९ हजार ३ सय ५० जना कोरोनाबाट संक्रमित भएका थिए । एक महिनाको अबधिमा दोब्बरभन्दा बढिले संक्रमित थपिएका छन् । हाल भारतमा संक्रमितको संख्या ३६ लाख १९ हजारभन्दा धेरै पुगेको छ ।

    यस्तै भारतमा एक महिनाको बीचमा कोरोनाकै कारण २८ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । एकमहिनाअघि अर्थात जुलाई ३० मा मृतकको संख्या ३५ हजार ७ सय ८६ थियो भने हाल ६४ हजार ६ सय १७ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend