सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोरोना माहामारी

बझाङमा कोरोना फैलाउँदै नकेपा, संक्रमित देखिएकै ठाँउमा भव्य कार्यक्रम 

बझाङमा कोरोना फैलाउँदै नकेपा, संक्रमित देखिएकै ठाँउमा भव्य कार्यक्रम 

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 7.5K
    SHARES

  • बझाङमा कोरोना फैलाउँदै नकेपा, संक्रमित देखिएकै ठाँउमा भव्य कार्यक्रम 

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बझाङले फेरि कोरोना संक्रमित देखिएकै स्थानमा कार्यक्रम  गरेको छ । संक्रमण बढ्दै गएको स्थितिमा पार्टीबाट जिल्लामा आयोजना हुने भेला, सभासम्मेलन बन्द गर्ने भने पनि नेकपा बझाङले फेरि संक्रमित देखिएकै वडामा आइतबार २ ठूला कार्यक्रमको आयोजना गरेको हो ।

    प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहको आतिथ्यतामा दुर्गाथली गाउँपालिका– ५ र ७ मा कार्यक्रम आयोजना गरिएको हो ।

    सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पनि नपनाई नेकपाले कार्यक्रम गरिएको दुर्गाथलीका स्थानीय अनिल जप्रेलले बताए । उनका अनुसार २ वडामा आयोजित कार्यक्रममा करिब २ सय स्थानीय सहभागी थिए ।

    दुर्गाथली– ५ मा नै शनिबार र आइतबार गरी २९ जना कोरोना संक्रमित थपिएका थिए । त्यस्तै, अर्को कार्यक्रम आयोजना गरेको वडा ७ नम्बरमा पनि ३ जना संक्रमित रहेका छन् । 

    नेकपाले शनिबारदेखि कार्यक्रम नगर्ने बताएको थियो । तर, प्रतिनिधिसभा सदस्य सिंहले त्यसको भोलिपल्ट नै सयौँ स्थानीय भेला गरी २ वटा वडा कार्यालय उद्घाटन गरेका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend