सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विवादित भण्डारीको यस्तो चर्तिकला, कांग्रेसका ठूलो नेताहरूलाई थाङ्नामा सुताए

विवादित भण्डारीको यस्तो चर्तिकला, कांग्रेसका ठूलो नेताहरूलाई थाङ्नामा सुताए

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 7.4K
    SHARES

  • विवादित भण्डारीको यस्तो  चर्तिकला, कांग्रेसका ठूलो नेताहरूलाई थाङ्नामा सुताए

    काठमाडौं - नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले विभागको सचिवमा क्रियाशील सदस्य नै नभएको व्यक्तिलाई नियुक्त गरेका छन् ।

    कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका ढुंगानाले लाली गुराँस सहकारी, ललितपुरका सञ्चालक सुरेन्द्र भण्डारीलाई मनोनीत नियुक्त गरेपछि हँगामा भएको छ ।

    सचिवमा नियुक्त भएका भण्डारी विवादित व्यक्ति हुन् । भण्डारीकै सहकारीले चर्चित गायक रामकृष्ण ढकाललाई घरबार बिहीन बनाएको थियो ।

    गायक ढकाल उनै भण्डारीको सहकारीका कारण सडकमा आइपुगेका छन् । गोरखा जिल्ला स्थायी घर भएका भण्डारीले क्रियाशील सदस्यताका लागि भरखरै तीन हप्ता अगाडि निवेदन दिएका छन् । भण्डारीले क्रियाशील सदस्यता पाउँछन् वा पाँदैनन् अझै टुंगो नै लागेको छैन ।

    भण्डारी कांग्रेसको विभागको सचिव बनिसकेका छन् । विभागका प्रमुख ढुंगानाले हचुवाको भरमा भण्डारीलाई सचिव बनाएपछि आलोचना भएको छ । पार्टीको क्रियाशील सदस्य नै नरहेका भण्डारीलाई सचिवमा मनोनीत गरेपछि विभागका प्रमुख ढुंगानामाथिनै प्रश्न उब्जिएको छ ।

    विभागमा भण्डारीलाई सचिव नियुक्त गरेको विषयमा यसअघि समाचार आएको थियो । सो समाचारप्रति आपत्ति जनाउँदै प्रमुख ढुंगानाले रिपब्लिका दैनिक डटकममा फोन गरेका थिए । भण्डारीको बचाउ गर्दै ढुंगानाले क्रियाशील सदस्यता रहेको दाबी गरेका थिए ।

    सहकारी विभागका बहुमत सदस्यहरूले भण्डारीलाई सचिव र सदस्य दुबै पदबाट हटाउन माग गरेर सभापति शेरबहादुर देउवालाई भेटेर उजुरी गर्ने तयारी गरेका छन् ।

    ‘क्रियाशील सदस्यता नै नभएको व्यक्तिलाई विभागको सचिव मनोनीत गरिएको छ । यस्ता व्यक्तिले १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई कसरी सहयोग गर्छ ?’, विभागका एकजना सदस्यले प्रश्न गर्दै भने, ‘धेरै विभागहरूमा यस्तै विवादित र क्रियाशील सदस्य नै नभएका व्यक्तिहरू चलखेलका आधारमा मनोनीत हुन सफल भएका छन् ।’

    गोरखा क्षेत्र नं. २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले सुरेन्द्र भण्डारी कांग्रेसको हाल क्रियाशील सदस्य नरहेको बताए । ‘क्रियाशील सदस्यताको प्रक्रिया वडाबाट सिफारिस भएर आउनुपर्छ । वडासभापतिले सिफारिस गर्ने हो’, गुरुङले भने, ‘वडाबाट सिफारिस हुने क्रममा सुरेन्द्र भण्डारीको नाम सिफारिस भएर बल्ल आएको छ । अहिले भरखरै सिफारिस भएर आएको हो ।’ ‘सुरेन्द्र भण्डारीजीको क्रियाशील सदस्यता पहिला थिएन ।

    अहिले सिफारिस भएर आएको छ’, उनले भने, ‘सुरेन्द्र भण्डारीले क्रियाशील सदस्यताका लागि सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङबाट बल्ल निवेदन दिनुभएको छ । त्यहाँको पार्टी सभपाति चक्रबहादुर गुरुङ हो । उहाँले नै सिफारिस गर्नु भएको छ ।’

    विभागका प्रमुख ढुंगानाले भण्डारीलाई विभागमा राखिरहन्छन् कि हटाउँछन् हेर्नपर्ने भएको छ । विभागका प्रमुख भण्डारी उपसभापति विमलेन्द्र निधि निकटका मानिन्छन् ।

    यसअघि, बिहीबार सहकारी विभागकै सदस्य पुष्पबहादुर पौडेलले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध मानमर्दन हुने शब्दावलीसहित फेसबुकमा स्टाटस लेखेका थिए ।

    सचिवमा भण्डारी र सदस्यमा पौडेलहरू जस्ता व्यक्ति मनोनीत गरेर प्रमुख ढुंगाना र उपसभापति निधिले सभापति देउवालाई कस्तो सहयोग गरेका हुन् प्रश्न उब्जिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २२ २०८००१:३७:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend