सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

महरा निकटका मान्छेले किने कांग्रेसकाे विभागकाे सचिव पद, प्रमुखलाई गाडी उपहार

महरा निकटका मान्छेले किने कांग्रेसकाे विभागकाे सचिव पद, प्रमुखलाई गाडी उपहार

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 13.1K
    SHARES

  • महरा निकटका मान्छेले किने कांग्रेसकाे विभागकाे सचिव पद, प्रमुखलाई गाडी उपहार

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यनै नरहेको व्यक्तिलाई नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि विरोध भएको छ ।

    सभापति देउवाले साउन २५ गते भण्डारीलाई विभागको सचिव बनाएका हुन् । यो विभागको संयोजक कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद आनन्दप्रसाद ढुंगाना छन् ।

    कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकट मानिने ढुंगानाको सिफारिसमा देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेका हुन् । गोरखा जिल्ला स्थायी घर भएका भण्डारी नेपाली कांग्रेसमा सक्रिय थिएनन् ।

    उनी कांग्रेसको क्रियाशील सदस्य नै छैनन् । विभागमा मनोनीत हुन क्रियाशील सदस्य रहनुपर्ने व्यवस्थालाई देउवा र निधिले लत्याएका छन् । तत्कालीन माओवादीका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा निकट मानिने भण्डारीले ललितपुरको पुल्चोकमा लालिगुराँस सहकारी चलाउँदै आएका छन् ।

    सहकारीमा भण्डारीका धेरै काण्ड छन् । तत्कालीन माओवादी नेता महरा निकटका भण्डारीलाई कांग्रेसको विभागको सचिव बनाएकोमा विरोध भइरहेको छ । भण्डारीलाई सचिव बनाएपछि देउवा निकटका गोरखा र सहकारीहरूमा रहेका शुभेच्छुकहरूले देउवा गुट छाड्न थालेका छन् ।

    ‘सुरेन्द्र भण्डारी आधा माओवादी र आधा कांग्रेस भएका व्यक्ति हुन्’, स्रोतले भन्यो, ‘कृष्णबहादुर महरा निकटका भण्डारीलाई विभागको सचिव बनाएर कांग्रेसमा योगदान गरेका र सिनियर नेताहरूको मानमर्दन भएको छ ।’

    विवादित छविका भण्डारीले उपसभापति निधिको ‘महेन्द्रनारायण निधि स्मृति अस्पताल’लाई रकम चलाउन दिएको स्रोतले जनाएको छ । विभागका प्रमुख तथा केन्द्रीय सदस्य ढुंगाना समेत उनै भण्डारीले दिएको गाडी चढ्ने गरेका छन् ।

    विभागमा सदस्य र पदाधिकारी बन्न आर्थिक चलखेल भएको भनेर आरोप लागिरहेका बेला सहकारी विभागका सचिव भण्डारीमाथि ठूलो प्रश्न उब्जिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २२ २०८००१:३७:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend