आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

२४ घण्टामा भारतमा भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित, अवस्था भयानाक! 

२४ घण्टामा भारतमा भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित, अवस्था भयानाक! 

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 5.2K
    SHARES

  • २४ घण्टामा भारतमा भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित, अवस्था भयानाक! 

    काठमाडौं– छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ २४ घण्टामा ६६ हजार आठ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो २४ घण्टामा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने ब्राजिल दोस्रो छ।यस अवधिमा अमेरिकामा १२ सय ९० जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा १२ सय १५ को मृत्यु भएको छ। त्यसैगरी मेक्सिकोमा ३२०, कोलम्बियामा २७७, रुसमा एक सय २०, दक्षिण अफ्रिकामा एक सय ४९, अर्जेन्टिनामा एक सय ९७, इरानमा एक सय २५ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार आठ सय ५६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने दुई लाख ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ब्राजिलमा झण्डै ४७ हजार र अमेरिकामा ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend