आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा एकैदिन ७० हजारमा कोरोना पुष्टि, अमेरिका र ब्राजिल पछि परे

भारतमा एकैदिन ७० हजारमा कोरोना पुष्टि, अमेरिका र ब्राजिल पछि परे

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 5.8K
    SHARES

  • भारतमा एकैदिन ७० हजारमा कोरोना पुष्टि, अमेरिका र ब्राजिल पछि परे

    काठमाडौं–पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा धेरै भारतमा कोरोना संक्रमित थपिएका छन् ।शनिबार एकै दिनमा अमेरिका ४३ हजार ८ सय जना र ब्राजिलमा ४६ हजार २ सय जना थपिदा भारतमा ७० हजार ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

    भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि बुधबार ६९ हजार १ सय, बिहीबार ६८ हजार ६८ हजार ५ सय र शुक्रबार ६९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।

    भारतमा पछिल्लो एक साता यता हरेक दिन ६० देखि ६५ हजारभन्दा धेरै संक्रमित थपिदै आएको छन् । सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमित र मृतक छन् ।

    जहाँ अहिलेसम्म ६ लाख ७१ हजार ९ सयभन्दा धेरै संक्रमित छन् भने २१ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । यस्तै तमिलनाडुमा ३ लाख ७३ हजार ४ सय संक्रमित छन् भने ६ हजार ४ सय २० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशमा ३ लाख ४५ हजार २ सयभन्दा धेरै संक्रमित हुँदा ३ हजार १ सय ८९ को मृत्यु भएको छ ।

    भारतमा अहिलेसमम्म कोरोनाबाट २९ लाख १९ हजार ९ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५५ हजार ७ सय ९४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend