काठमाडौं– नेपालको नम्बर वन अनलाइन पोर्टल अनलाइन खबरमा कार्यरत ९ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको हो ।
सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्वाब लिइएकामध्ये केहीको रिपोर्ट आउन बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।