सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आइसाेलेशन ताेडफाेड प्रकरण : क्याम्पस प्रमुख पक्राउ

आइसाेलेशन ताेडफाेड प्रकरण : क्याम्पस प्रमुख पक्राउ

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 5.1K
    SHARES

  • आइसाेलेशन ताेडफाेड प्रकरण : क्याम्पस प्रमुख पक्राउ

    संखुवासभा - संखुवासभाको हिमालय किरण क्याम्पसमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा सोही क्याम्पसका प्रमुख डा मात्रिका तिमल्सिनालाई पक्राउ परेका छन् ।

    जिल्ला अस्पतालले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको आधारमा क्याम्पस प्रमुख तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    क्याम्पस प्रमुख तिमल्सिनाको अगुवाईमा आइसोलेसन तोडफोड भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरे पनि शनिबार मात्रै सार्वजनिक गरेको हो।  तिम्सिनालाई अपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले बताए।

     प्रहरीले घटनाको दुई दिन बित्दासमेत तोडफोडमा संलग्न अन्यलाई पक्राउ गर्न सकेको छैन।  घटनास्थलमा सिसी क्यामेरा समेत जडान भए पनि भिडियो फुटेजबारेम प्रहरीले कुनै जानकारी दिएको छैन। जिल्ला अस्पताल संखुवासभाका अनुसार आइसोलेसनमा प्रयोग गर्न राखिएका सामाग्री बिहीबार राति तोडफोडपछि हराएका थिए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend