सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे गर्यो अर्को खुलसा, दुई बर्षसम्म खतराको घण्टी

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे गर्यो अर्को खुलसा, दुई बर्षसम्म खतराको घण्टी

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 9.4K
    SHARES

  • विश्व स्वास्थ्य संगठनले कोरोनाबारे गर्यो अर्को खुलसा, दुई बर्षसम्म खतराको घण्टी


    काठमाडौं– विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने बताएको छ । संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन्।

    ‘विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलियो। आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्छु,’ उनले भने।

    स्पेनिस फ्लू सन् १९१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो। यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो।

    अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्।

    टेड्रोसलाई महामारीको बेला व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मा भएको भ्रष्टाचारसम्बन्धी सोधिएको एक प्रश्नमा जवाफ दिँदै उनले यसलाई ‘आपराधिक’ भनेका छन्, ‘पिपिईमा गरिएको भ्रष्टाचार वास्तवमै मेरा लागि हत्या बराबर हो। कुनै पनि भ्रष्टाचार स्वीकार्य छैन।’

    महामारी चलिरहेको समयमा केन्याको राजधानी नैरोबीमा भ्रष्टाचारको विरोधमा शुक्रबार प्रर्दशन भएको थियो। त्यहाँका धेरै सरकारी अस्पतालका चिकित्सकहरुले ज्याला नपाएको र सुरक्षा उपकरणको अभाव भएको भन्दै हड्ताल गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend