काठमाडौं– महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप ५ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार घरबिदा सकाएर आएपछि परीक्षण गर्दा उनीहरूको नतिजा पोजिटिभ देखिएको हो ।
घर बिदाबाट फर्किएका उनीहरू महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । ३ दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
योसँगै बग्गीखानामा कोरोना संक्रमित हुने ट्राफिक प्रहरीको संख्या २२ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।