सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

उग्र बन्दै कोरोना, थप दुई जनाको मृत्यु 

उग्र बन्दै कोरोना, थप दुई जनाको मृत्यु 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 5.8K
    SHARES

  • उग्र बन्दै कोरोना, थप दुई जनाको मृत्यु 

    काठमाडौं– कोरोना संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ। रुपन्देही र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो।

    बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

    उनी स्वर्गद्वारी नगरपालिका–७, सोत्रेका स्थायी बासिन्दा हुन्। उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको प्यूठानमै उपचार भइरहेको थियो।

    चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुने चितवनकै रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरुष रहेका छन्। 

    विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको सूचनामा उल्लेख छ।

    मृतक पुरुष दीर्घरोगी रहेका र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या देखिएको अस्पतालले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend