सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

व्यापक आलोचना भएपछि अन्ततः फिर्ता भयो संघीय संसदको लोगो

व्यापक आलोचना भएपछि अन्ततः फिर्ता भयो संघीय संसदको लोगो

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 8.4K
    SHARES

  • व्यापक आलोचना भएपछि अन्ततः फिर्ता भयो संघीय संसदको लोगो

    काठमाडौं - संघीय संसद सचिवालयले हालै तयार गरिएको संघीय संसदको लोगोमा साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । 

    लोगोमा रहेको नेपालको नक्सा लगायतका विषय परिमार्जन गरी उपलव्ध गराउने प्रतिवद्धता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले जनाएपछि फिर्ता गरिएको सचिवालयले जनाएको छ  । 

    सचिवालयले विज्ञप्ति जारी गरेर भनेको छ, ‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका केही व्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि त्यस कार्यालयमा फिर्ता पठाइएको छ। व्याच पिन तयार गर्ने सो कार्यालयबाट नेपालको अद्यावधिक नक्सा लगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ।’

    परिमार्जनका लागि मंगलबार नै फिर्ता पठाएइएको सचिवालयले जनाएको छ। सचिवालय प्रतिक चिन्ह व्याच पिनको सम्बन्धमा यसको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्यमा प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

    संरचनागत रुपमै त्रुटि रहेको भन्दै सांसदले नलगाउने चेतावनी दिएपछि सचिवालयले फिर्ता गरेको हो। संसदको कार्यव्यवस्था समितिले स्वीकृत गरेर जिन्सी शाखा मार्फत व्याच पिन बनाउनका लागि अडर दिएको थियो।

    फिर्ता पठाएइएका प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ । लोगोमा ८७ ग्राम सुन प्रयोग भएको जनाइएको छ । 

    samsad.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend