सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पर्सामा एकाबिहानै थपिए १४७ जना कोरोना संक्रमित, अवस्था भयावह 

पर्सामा एकाबिहानै थपिए १४७ जना कोरोना संक्रमित, अवस्था भयावह 

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 5.3K
    SHARES

  • पर्सामा एकाबिहानै थपिए १४७ जना कोरोना संक्रमित, अवस्था भयावह 


    काठमाडौं–वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका वृद्ध पुरुष रहेका छन् । 


    सिंहका अनुसार मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    बारा जिल्लामा रहेको श्री चण्डी गणका ४ नेपाली सेना रहेका छन । वीरगन्जमा रहेको भारतिय महावाणिज्यदुतावासका ४४ बर्षीय १ जना महिला रहेकी छिन् । वयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ३६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend