काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री के पी शर्मा ओलीबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ ।
ओली मन्त्रीमण्डल पुर्नगठनको तयारीमा रहेका बेला उनले संवैधानिक नियुक्तिबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेक हुन् ।
सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिका स्थानियले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु जस्तो गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनेर प्रधानमन्त्रीलाई सोधेका थिए।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको तथा संक्रमण तीब्र गतिमा बिस्तार भइरहेको सन्दर्भमा बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएको भन्दै देउवाले नियन्त्रणका लागि रणनीति तयार गर्न आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेकोमा ध्यानाकर्षण गराउँदै देउवाले निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता राख्नुपर्नेमा राजनैतिक पुर्वाग्रह बढी देखिएको बताए ।
त्यस्तै विद्यार्थीलाई थुनामा राख्ने र विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो नभएकोमा उनले गम्भिर असन्तुष्टी व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।