सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यी नेताहरु डेन्जर जोनमा, को–को बन्दैछन् नयाँ मन्त्री !

यी नेताहरु डेन्जर जोनमा, को–को बन्दैछन् नयाँ मन्त्री !

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 15.0K
    SHARES

  • यी नेताहरु डेन्जर जोनमा, को–को बन्दैछन् नयाँ मन्त्री !

    काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवाद समधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छन् ।

    उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् । ओली समूहबाट संयोजक पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल, र दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । उता, वरिष्ठ नेता नेपाल समूहबाट स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल र सुरेन्द्र पाण्डे छन् ।

    कार्यदल गठन गर्नुअघि नै दुई अध्यक्षबीच मन्त्रिमण्डल पूनर्गठन गर्ने सहमति भएको थियो । नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार नवगठित कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्यहरुलाई मन्त्रिमण्डल पूनर्गठन गर्दा मन्त्री बनाईने मोटामोटी सहमति ओली र दाहालबीच भएको छ ।

    जर्नादन शर्मा गृह मन्त्री, भीम रावल परराष्ट्र वा सञ्चार र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

    पम्फा भुषालले पनि मन्त्री बन्ने निश्चितप्रायः छ । अहिले भएकामध्ये प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल मन्त्री कायमै रहने सम्भावना रहेपनि अन्य मन्त्रीहरुमा फेरबदल हुने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend