काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साता मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन्। पार्टीको आन्तरिक विवाद समधानका लागि ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।
पार्टीको विवाद समधानका लागि गठन गरिएको कार्यदलले मन्त्रिपरिषद् हेरफेरको प्रस्ताव समेत लैजाने छ। कार्यदलले मन्त्रिपरिषद्सँगै मुख्यमन्त्री पनि हेरफेरको प्रस्ताव गर्ने तयारी गरेको छ ।
कार्यदलले ल्याएको प्रस्ताव पार्टीको सचिवालय र स्थायी कमिटीले अनुमोदन गरेमा बागमती, एक र पाँच नम्बरका मुख्यमन्त्री फेरिने छन् ।
बाग्मतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य, एक नम्बरमा शेरधन राईको ठाउँमा भीम आचार्य आउनेसक्ने सम्भावना रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।