विराटनगर– सरकारले प्रतिबन्ध लगाएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपस्थित भएका छन्। आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने दुग्ध संकलन केन्द्रको उद्घाटन गर्न पुगेका हुन्।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । तर मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बने ।
कार्यक्रममा भौतिक दुरी कायम भएको थिएन । मानिसहरुको भिड थियो । मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका थिएनन् । कार्यक्रममा सहभागी अन्यले मास्क चिउँडोमा लगाएका थिए ।
तीनै कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरे । बिहीबार उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरे ।
उनले बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर)को समेत उदघाटन गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।