सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गोगंबु हत्या काण्डमा नयाँ खुलसा, कल्पनाले चलाएकी थिइन् कृष्णबहादुरको ६० लाख!  

गोगंबु हत्या काण्डमा नयाँ खुलसा, कल्पनाले चलाएकी थिइन् कृष्णबहादुरको ६० लाख!  

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 7.4K
    SHARES

  • गोगंबु हत्या काण्डमा नयाँ खुलसा, कल्पनाले चलाएकी थिइन् कृष्णबहादुरको ६० लाख!  

    काठमाडौं–गोंगबुमा कृष्णबहादुर बोहोराको हत्याकाण्डमा प्रहरीले आर्थिक पाटो पनि रहेको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ । कृष्णबहादुरका परिवारले कल्पनाले पैसा प्रयोग गरेको आशंका गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु गरेको हो ।

    अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको अनौपचारिक जानकारी आएको छ । 

    कल्पनाले ठूलो आर्थिक रकम चलाएको र त्यो रकम मागेपछि विवाद भएको हुनसक्ने समेत कतिपयको आशंका छ । यसबाहेक प्रहरीले उनीहरुबीचको प्राविधिक पाटोकोसमेत अनुसन्धान थालेको छ । जसमा उनीहरुबीचमा भएका फोन म्यासेजलगायतको अनुसन्धान हुनेछ ।

    यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको प्रहरीले जनाएको छ । आइतबार गोंगबुमा कृष्णबहादुर बोहोराको टाउको र शरीरको भाग छुट्टाछुट्टै अवस्थामा प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो ।

    हत्यामा संलग्न आरोपमा प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भइ हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरिसकेको छ । प्रहरीका अनुसार हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् । शव व्यवस्थापन गर्नका लागि छोरीको सहयोग लिनुपरेको उनले बयानमा उल्लेख गरेको भए पनि हत्यामा छोरीको संलग्नतालाई उनले अस्वीकार गरेकी छन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १८ २०७७०७:४९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend