काठमाडौँ- बुधबार काठमाडौं उपत्यकामा १४० कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।
यो थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १४५२ पुगेको छ। काठमाडौंमा ११६७, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।
बुधबार बार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। भने ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।