काठमाडौं–कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ।
कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी रहको हो ।
दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।