काठमाडौं– कोरोना भाइरसका कारण जनकपुरमा थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।