पोखरा- कम्युनिस्टले जितेको पोखरा महानगरपालिकामा १३ करोड राजश्व गायब भएको खुलेको छ ।
महानगरपालिकाको १३ करोड राजश्व गायब भएपछि खैलाबैला भएको छ । पोखरा महानगरपालिकामा तत्कालीन एमालेबाट मेयरमा मानबहादर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङले जितेकी थिइन् ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष ०७५–७६ को १३ करोड राजश्व गायब भएको उल्लेख छ ।
महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले ११३ करोड राजश्व गायब भएको कुरा अस्वीकार गरे । उनले भने, ‘अडिट गर्दा केही नमिलेको हुन सक्छ । कुरा त्यस्तो होइन १ करोड ७३ लाखको मात्रै कुरा नमिलेको देखिएको छ ।’
महालेखा परीक्षणको वार्षिक प्रतिवेदनमा त १३ करोड गायब भएको उल्लेख छ नि भन्ने प्रश्नमा त्यस्तो रहेछ भने असुलउपर हुनेभन्दै हिसाव नमिलेर त्यस्तो आएको हुन सक्ने दाबी गरे ।
राजश्व गायक भएका बेला महानगरपालिकाको राजश्व शाखाको प्रमुखमा छविलाल शर्मा थिए । शर्मा विवादित कर्मचारी हुन् । उनको सरुवा भइसकेको छ । राजश्व शाखामा अहिले अर्को व्यक्ति गणेश पाण्डे आएका छन् ।
पौडेलले १३ करोड राजश्व गायब भएको विषयमा छानविन गर्ने बताएका छन् । उनले दोषीलाई कारबाही हुने बताए ।
पोखरा महानगरपालिकाको १२ करोडको चेक पनि साटिन बाँकी रहेको देखिएको छ ।
चेक सटिन बाँकी हुनुमा लेखाइमा मिस्टेक भएको हुन सक्ने सूचना अधिकारी पौडेलले बताएका छन् । उनले सबै चेकहरू क्लियरिङका लागि बैंकमा पठाएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।