काठमाडौं– कोरोना भाइरस संक्रमणको कारण पोखरामा एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यका अनुसार उनको गएराति साढे ११ बजे मृत्यु भएको हो। स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पाइएको थियो। मधुमेहका समेत बिरामी ती पुरुषमा स्वास्थ्यमा थप समस्या देखिएपछि १७ साउनमा अस्पताल भर्ना भएका थिए।
आईसीयूमा राखेर उपचार गरिए पनि उनलाई बनाउन नसकिएको आचार्यले बताए। यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।