नवलपुर- नेपाली कांग्रेस तरुण बिभागका केन्द्रीय सचिव श्यामप्रसाद श्रेष्ठ अहिले गृहजिल्ला नवलपुरमा छन। विभागको केन्द्रीय सचिवमा नियुक्त भएपछी श्रेष्ठको यो पहिलो आधिकारिक जिल्ला भ्रमण हो।
कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री, तरुण बिभाग प्रमुख शंकर भण्डारीको निर्देशनमा विभाग विस्तारका लागी उनी नवलपुर पुगेका हुन्।
श्रेष्ठलाई कांग्रेस कावासोती नगरपालिका वडा ६ ले भव्य स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको छ।
कार्यक्रमलाइ सम्बोधन गर्दै श्रेष्ठले आफ्नो पार्टिका नेता कार्यकर्तालाइ गुट भन्दा माथी उठेर पार्टिको मुलमन्त्र राष्ट्रियता, लोकतन्त्र र समाजवादलाइ सस्थागन गर्न एक्यवद्ध भएर लाग्न सुझाए।
गुटको राजनिती गर्ने आफ्नै जिल्लाका केहि नेताहरुले आफुलाइ असफल बनाउन अहोरात्र खटे पनि आफ्नो २२ बर्षे लामो राजतिनिक त्यागलाइ कदर गरेर पार्टिले आफुलाइ तरुण बिभागको केन्द्रिय सचिवको जिम्मेवारी दिएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।