काठमाडौँ- नेपाली कांग्रेस केन्द्रिय तरुण बिभागका सचिब श्याम प्रसाद श्रेष्ठले तरुण देशको मेरुदण्ड भएको बताएका छन्।
नवगठित तरुण बिभागको सचिबको कार्यभार सम्हाल्दै श्रेष्ठले तरुणनै मुलुकको निकास र बिकासको साक्षी हुने बताएका हुन्।
श्रेष्ठले आफ्नो कार्यकालमा पार्टिको सिद्धान्त र बिचारलाइ एकीकृत गर्दै तरुण बिभाग साथै समग्र नेपाली कांग्रेस पार्टिलाई सुदृढ र गतिशिल बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका छन्।
लोकतान्त्रिक ब्यवस्थामा आस्था राख्ने जिम्मेवार बिहिन तरुणहरुलाइ तरुणको जिम्मेवारी बोध गराउदै अघि बढ्ने बताएका छन् ।
उनले आफुलाइ नेपाली कांग्रेसको केन्द्रीय तरुण बिभागको सचिब पदको जिम्मेवारी दिएकोमा पार्टी सभापति, बिभागका प्रमुख शंकर भण्डारी र सम्पुर्ण बिभागका मनोनित सदस्यहरुलाई धन्यबाद दिएका हुन् ।
आफ्नो कार्यकालमा सम्मानित पार्टिको बिधान भित्र रहेर लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै पार्टिलाइ ससक्त र चलाएमान बनाउनकालागी इमान्दारीताका साथ हरप्रयास लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।