काठमाडौं–गण्डकी प्रदेशमा आज बिहानै ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशमा अनुसार गोरखामा ६ जना, नवलपरासीमा ३ जना र कास्की र पर्वतमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।