काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बहुमतको निर्णय नै पार्टी निर्णय हुने विधानमा लेखेर बुद्धि पुर्याइएको बताएका छन् ।
बुधबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहको अनौपचारिक पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले पार्टी कमिटीका बहुमत सदस्यले निर्णय गरेर अघि बढ्न सक्ने बताएका छन् ।
पत्रकारहरुसँग बोल्दै उनले भने, “विधानको धारा ६०मा बहुमतको निर्णय पार्टी निर्णय हुनेछ भनेर आँखाको पावर कम हुनेले पनि पढ्न सकिनेगरी बोल्ड अक्षरमा लेखिएको छ,” नेता नेपालले भने, “केही कन्फ्युजन नहुनेगरी, त्यो बेला कस्तो बुद्धि पुर्याइएछ । अहिले स्थायी कमिटीका सदस्यले काभ्रेमा व्याख्या गर्दा भन्दिए, अध्यक्षको पनि फरक मत रहन सक्छ । सचिवालयमा पाँच जनाले गर्ने निर्णय सचिवालयको निर्णय हुन्छ । सचिवालयको निर्णय स्थायी कमिटीमा जान्छ, त्यहाँ पनि बहुमतले निर्णय गर्छ । केन्द्रीय कमिटीमा त दुई तिहाइले निर्णय हुने अवस्था छ । अहिले नेताहरूको मनस्थिति, मानसिकताबाट प्रष्ट छैन र ? त्यसकारण तपाईंहरू प्रष्ट हुनुहोस्, पार्टी विधिबाट चल्छ ।” नेता नेपालले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।