आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीका सबै भेटघाट बन्द : तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने, पार्टी बैठक पनि नबस्ने

ओलीका सबै भेटघाट बन्द : तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने, पार्टी बैठक पनि नबस्ने

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 6.5K
    SHARES

  • ओलीका सबै भेटघाट बन्द : तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने, पार्टी बैठक पनि नबस्ने

    काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटार कोरोना भाइरसको हटस्पट बन्न पुगेको छ । बालुवाटारमा करिब ७० भन्दा बढी अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएसँगै खतराको अवस्था सिर्जना भएको हो  ।

    प्रधानमन्त्री नै जोखिममा पर्न सक्ने अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै बालुवाटार सुस्त भएको छ ।

    हाललाई प्रधानमन्त्रीका सबै भेट्घाट बन्द गरिएका छन्, भने तत्काल मन्त्रीपरिषद् पुर्नगठन समेत नहुने भएको छ ।

    नेकपा पार्टी बैठकसमेत तत्काल नबस्ने भएको छ । अहिलेसम्म छिटफुट उच्च पदस्थकाहरुमा कोरोना भाइरसको संक्रमण देखिए पनि बालुवाटारमा एकै दिन धेरैमा संक्रमण देखिएको हो ।

    शनिबार प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिव सहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसपछि ओलीको सुरक्षामा खटीएका नेपाली सेनाका २८, शसस्त्र प्रहरीका १८ र जनपद प्रहरीका २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसबाहेक राष्ट्रिय अनुसन्धानका पनि ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । करिब ७४ जनामा अहिलेसम्म बालुवाटारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको हो । अझैं ४५ जनाको नतिजा आउन बाँकी रहेको छ ।

    शुक्रबार प्रधानमन्त्री ओलीको भने स्वाब संकलन गरिएको थिएन । यसअघि प्रधानमन्त्रीका सबै परीक्षण नेगेटिभ आएका छन् ।

    बालुवाटारमा  प्रधानमन्त्री निवासमै कोरोना भाइरसको हटस्पट बनेपछि अहिले नेकपाका पार्टीगत कार्यहरुमा धक्का लाग्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend