सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
कोरोना राजनीति

२१ दिन कडा लकडाउन गर्ने तयारीमा पुगेका हुन् प्रधानमन्त्री ओली ?

२१ दिन कडा लकडाउन गर्ने तयारीमा पुगेका हुन् प्रधानमन्त्री ओली ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 27.0K
    SHARES

  • २१ दिन कडा लकडाउन गर्ने तयारीमा पुगेका हुन्  प्रधानमन्त्री ओली ?

    काठमाडौं । देशभर कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमण अनियन्त्रित शैलीमा फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दैछन् । 

    काठमाडौंमा सोमबार सबैभन्दा बढी ६२ तथा केही दिनअघि ५३ जना संक्रमित देखिएपछि काठमाडौं सबैभन्दा ठूलो हटस्पट बन्दै जाने खतरा बनेको छ । त्यस्तै प्रदेश २ मा पनि ठूलो हटस्पट बन्दै गएको छ । 

    केही स्थानीय पालिकाहरुले निषेधाज्ञा जारी गरिरहे पनि समग्र देशमै संक्रमण तीव्र भइरहँदा फेरि लकडाउनको विकल्प नभएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । 

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे जनस्वास्थ्यविद्हरुलाई बालुवाटार बोलाइएको हो । 

    जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले तीन हप्तासम्म कडा लकडाउन लगाउने हो भने संक्रमितको ७५ प्रतिशत संखया घटाउन सकिने भन्दै तत्काल लकडाउन लगाउनुको विकल्प नभएको बताएका छन् । 

    डा पाण्डेले लकडाउन लामो समय लगाइरहनु भन्दा अहिलेनै लकडाउन गरिहाल्ने र त्यसपछि बिस्तारै कम संक्रमित भएका स्थानमा खोल्दै जाने गर्नुपर्ने बताए । 

    सरकारले चैत ११ गते २ जना संक्रमित भएका बेलामा लकडाउन लगाएको थियो । तर त्यसलाई व्यवस्थित नगर्दा लामो समय लकडाउन भएपछि सर्वसाधारणले तोडेका थिए । 

    विज्ञहरुका कुरा कम सुन्ने र आफ्नो तजबिजीले चल्ने प्रधानमन्त्रीले कस्तो निर्णय गर्लान् ? तर यसपटक उनलाई विज्ञहरुका कुरा नसुनी सु्खै छैन । 

    १८ दिनदेखि कोरोनाको राम्रो स्वाथ्य सेवा तथा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ को स्वास्थ्य समेत गम्भीर बनेको छ ।

    दुई दिनअघि डा पाण्डेले कम्तीमा १५ दिन कडा लकडाउन वा कर्फ्यु लगाउनुको विकल्प नभएको बताएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend