आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भदौ १ गतेबाट स्कुल खुल्ने, शिक्षकलाई १२ दिने होम क्वारेन्टिन राखिने

भदौ १ गतेबाट स्कुल खुल्ने, शिक्षकलाई १२ दिने होम क्वारेन्टिन राखिने

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 9.8K
    SHARES

  • भदौ १ गतेबाट स्कुल खुल्ने, शिक्षकलाई १२ दिने होम क्वारेन्टिन राखिने

    काभ्रेपलाञ्चोक- काभ्रेको तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई १२ दिन होम क्वारेन्टिनमा राख्ने भएको छ । भदौ १ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णयपछि गाउँपालिकाले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।

    गाउँपालिकाले जिल्ला बाहिर गएका शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न र सोही दिनबाट होम क्वारेन्टिन बस्न आग्रह गरेको छ । त्यस्तै विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टिन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ।

    सरकारले गत बिहीबार आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि काभ्रेपलाञ्चोकका क्वारेन्टिन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend