आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीले सिङ्गापुरका प्रधानमन्त्रीलाई पठाए यस्तो सन्देश

ओलीले सिङ्गापुरका प्रधानमन्त्रीलाई पठाए यस्तो सन्देश

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 5.9K
    SHARES

  • ओलीले सिङ्गापुरका प्रधानमन्त्रीलाई पठाए यस्तो सन्देश

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सिङ्गापुरका प्रधानमन्त्रीमा लि सि एन लुङ पुनः निर्वाचित भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

    नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गरे । 

    यसैगरी परराष्ट्र प्रदीपकुमार ज्ञवालीले सिङ्गापुरको विदेशमन्त्रीमा भिभिएन बालकृष्णनन् पुनः नियुक्त हुनु भएकामा बधाई ज्ञापन गरे । मन्त्री ज्ञवालीले आजै विदेशमन्त्री बालकृष्णनन्लाई बधाई सन्देश पठाउँदै गत वर्ष माल्दिभ्सको राजधानी मालेमा उनीसँग भएको भेटवार्ताको स्मरण गरे । 

    श्री बालकृष्णनन्को कार्यकालमा नेपाल र सिङ्गापुरबीच विद्यमान मैत्री एवं सहयोगात्मक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend