काठमाडौं- प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलको अतिक्रमित जग्गा यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र पुरातत्व विभागका अधिकारीसँग छलफल गरी समितिले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिर लगायतका धार्मिक स्थलको जग्गा अतिक्रमण भएको वा नभएको यकिन गर्न निर्देशन दिएको हो ।
अतिक्रमण भएको पाइए सम्बन्धित निकायको जिम्मा लगाउने काम गर्न पनि निर्देशन दिइएको छ । समितिले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणसम्बन्धी गुरुयोजना बनाएर काम गर्न पनि निर्देशन दिएको छ ।
पर्यटनमन्त्री भट्टराई र पुरातत्व विभागका प्रतिनिधिहरुसंग छलफल गरी समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज–अनुसन्धान गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ ।
यता, बैठकमा मन्त्री भट्टराईले प्रत्येक प्रदेशको सांस्कृतिक चाड राज्यकै तर्फबाट मनाउने योजना अघि सारेको जानकारी दिनु्भयो । सांसदहरुले सांस्कृतिक महत्वका क्षेत्रलाई बिकास गर्दै धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने धारणा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।