आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अयोध्याकाण्डले ओली संकटमा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हलचल

अयोध्याकाण्डले ओली संकटमा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हलचल

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 4.7K
    SHARES

  • अयोध्याकाण्डले ओली संकटमा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हलचल

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको भन्दै दिएको अभिव्यक्तिले  संसदीय समितिमा पनि प्रवेश पाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएसँगै सांसदहरुले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताउँदै  यस विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडी बढाउनुपर्ने बताएका छन् ।

    नेकपाका अर्का सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडी बढाउनुपर्ने बताइन् ।

    ओलीले दिएको अभिव्यक्तिको सत्यता पत्ता लाग्नु पर्ने विभिन्न सांसदहरुले माग गरेका छन्  । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताउँदै प्रधानमन्त्रीले के आधारमा भन्नु भएको हो र अनुसन्धानका लागि के विषय छ भन्दै सत्यकुरा बाहिरीनु पर्ने माग गरेका छन् ।

    काँग्रेसकै अर्का सांसद पुष्पा भूसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभई प्रधानमन्त्रीले रामराज्य खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् । कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरु नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागी भइरहेको उनले बताइन् । यस्ता विषयवस्तुहरुमाथि सरकार प्रमुखले धारणा राख्न नहुने समेत उनको भनाइ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend