आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलिकै गृहजिल्लामा ५२ परिवार विचल्लीमा, यस्तो छ नालिबेली !

ओलिकै गृहजिल्लामा ५२ परिवार विचल्लीमा, यस्तो छ नालिबेली !

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 4.7K
    SHARES

  • ओलिकै गृहजिल्लामा ५२ परिवार विचल्लीमा, यस्तो छ नालिबेली !

    काठमाडौं - सरकारी जग्गा अतिक्रमण गरेको भन्दै झापामा ५२ घर परिवार विचल्लीमा परेका छन् । सशस्त्र प्रहरीले घर भत्काइ दिए पछि झापाको कमल गाउँपालका लखनपुरका ५२ घर परिवार  खुल्ला आकास मुनि रात बिताउदै आएका छन् । 


    सशस्त्र प्रहरीको नाममा रहेको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै पाथिभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरीले उनीहको घर भत्काइ दिएका हुन् ।

    बासको विकल्प नभएको बताउने उनीहरु चौध वर्षदेखि दैनिकी गुजार्दै आएको घर प्रहरीले भत्काइ दिएपछि लकडाउन र वर्षे झरीमा त्यही स्थानमा रुझ्दै कष्ट सहदै रात विताउन बाध्य बनेको स्थानीय मेनुका भुजेल र चन्द्रप्रसाद भुजेलको गुनासो छ ।


    घर भत्काइएका ५२ परिवार मध्ये ३४ परिवार सुकुम्बासी हुन् । २०६० सालमा माओवादी द्वन्द्व उत्कर्षमा रहेका वेला सशस्त्र प्रहरीले नै आफ्नो समेत सुरक्षा हुने भन्दै स्थानीय र सुकुम्वासीलाई यस स्थानमा वस्ती बसाउन सहयोग गरेका थिए ।

    तर अहिले आफूहरुलाई विकल्प नदिइ विजोग बनाएको सुकुम्बासी रेजिना राई र सरस्वती भण्डारीको गुनासो छ ।

    ज्याला मजदुरीको भरमा जीविकोपार्जन गर्दै आएका उनीहरुलाई अहिले कसरी हातमुख जार्ने भन्ने समस्या छ । तर उनीहरुको समस्या प्रति स्थानीय जनप्रतिनिधि उदासिन देखिन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend